Close

Recent Posts

चैतमा २ खर्ब आउँदा ९ महिनामा १६ खर्ब नाघ्यो रेमिट्यान्स

चैतमा २ खर्ब आउँदा ९ महिनामा १६ खर्ब नाघ्यो रेमिट्यान्स
  • २८ बैशाख २०८३, सोमबार २०:५३

काठमाडौं– वैदेशीक रोजगारीमा जाने नेपालीहरुको प्रमुख श्रम गन्तव्य, मध्यपूर्वमा द्वन्द्वको अवस्था भए पनि नेपाल आउने रेमिट्यान्समा भने उल्लेख वृद्धि देखिएको छ ।

mulpatra

चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ठूलो वृद्धि देखिएको छ ।

काठमाडौं– नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रेमिट्यान्स ३९.१ प्रतिशतले बढेको छ ।

mulpatra mulpatra mulpatra

चैतसम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आवको चैतसम्म रेमिट्यान्स १०.२ प्रतिशतले बढेको थियो । चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको चैत महिनामा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाहमा ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ।

खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत आवको चैतसम्म यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

Image Source: © https://mulpatra.com

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिने नेपालीहरूको संख्यामा पनि वृद्धि भएको छ । अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ जनाबाट बढेर ३ लाख ९४ हजार १८६ जना पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष २ लाख ४९ हजार ६५२ जनाबाट बढेर २ लाख ९३ हजार २५९ जना पुगेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com