Close

Recent Posts

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत ग्रेडेड

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत ग्रेडेड
  • २८ बैशाख २०८३, सोमबार २१:३०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।आज सोमबार बसेको बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

mulpatra

आज प्रकाशित नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन् ।

mulpatra mulpatra mulpatra

जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।

Image Source: © https://mulpatra.com

एसएमएस र आईभिआरमार्फत नतिजा नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रा.लि र एम्बिसन गुरुबाट हेर्न सकिन्छ । नेपाल टेलिकमार्फत हेर्नका लागि एसएमएस र आईभीर दुवैका लागि १६०० कोड प्रयोग गर्न सकिन्छ ।

इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजीक्षेत्रका गरी १४ वटा वेबसाइटलाई अनुमति दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत हेर्नका लागि www.see.gov.np र www.neb.gov.np मा जानुपर्छ ।

नेपाल टेलिकम : www.see.ntc.net.np

कान्तिपुर पब्लिकेन : www.ekantipur.com

इडियु सञ्जाल : www.see.edusanjal.com

खल्ती: https://khalti.com/app

कलेज इन्फो नेपाल प्रा.लि : see.collegeinfonepal.com

द कनेक्ट प्लस प्रा.लि : https://theconnectplus.com

एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result

निमा एजुकेसन फाउन्डेसन : result.neemaacademy.com

फोनिक्स एजुकेसन फाउन्डेसन : resultayo.com

एम्बिसन गुरु प्रा.लि : see.ambition.guru

एनईबी रिजल्टस एन्ड न्युज प्रा.लि : https://see.merostudy.net

इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com