Close

Recent Posts

एसइई पूरक परीक्षा असार १ गतेदेखि

एसइई पूरक परीक्षा असार १ गतेदेखि
  • २८ बैशाख २०८३, सोमबार २२:३४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा आज सार्वजनिक गरेको छ । यर परिक्षामा ‘एनजी’ ल्याएका विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ।

mulpatra

बोर्डले यसपटक नियमिततर्फका परीक्षार्थीलाई ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ।

अघिल्ला वर्षहरूमा निश्चित विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने नियम रहेकोमा यसपटक विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै बोर्डले लचिलो नीति अपनाएको हो।

mulpatra mulpatra mulpatra

अब नियमित परीक्षार्थीले जतिवटा विषयमा ‘एनजी’ ल्याएका छन्, ती सबै विषयको पूरक परीक्षा असार १ गतेदेखि दिन पाउनेछन्।