Close

Recent Posts

गगनको कांग्रेस एकजुट गर्ने प्रयास, थपे देउवा–शेखर पक्षका १९ केन्द्रीय सदस्य

गगनको कांग्रेस एकजुट गर्ने प्रयास, थपे देउवा–शेखर पक्षका १९ केन्द्रीय सदस्य
  • २९ बैशाख २०८३, मंगलवार ०७:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकजुट बनाउन पहल कदमी लिएका छन् । सबैलाई समेटेर अघि बढ्ने प्रयास स्वरुप उनले पार्टी केन्द्रीय कार्यसमितिमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरूलाई समेटेका छन्।

mulpatra

विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र कोइराला पक्षका नेताहरुलाई सभापति थापाले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन्।

पार्टी विधानमा भएको व्यवस्था बमोजिम सदस्य थप गरिएको हो । थापाले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र जीवन परियारलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यादव देउवा पक्ष र परियार कोइरालानिकट छन्।

mulpatra mulpatra mulpatra

मनोनीत भएकामध्ये ११ जना देउवानिकट नेताहरू छन् भने ७ जना शेखर र १ जना शशांक कोइरालनिकट छन्।

को को भए मनोनीत ?

१. महेन्द्र यादव — धनुषा

Image Source: © https://mulpatra.com

२. जीवन परियार — कास्की

३. उमेश श्रेष्ठ — चितवन

४. रमेश रिजाल — पर्सा

५. सुजाता कोइराला — मोरङ

६. दिलेन्द्रप्रसाद बडू — दार्चुला

७. चन्द्रकान्त भण्डारी — गुल्मी

८. अजयकुमार चौरसिया — पर्सा

९. लक्ष्मी परियार — उदयपुर

१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु

११. दिनेशकुमार यादव — सप्तरी

१२. राजीव कोइराला — सुनसरी

१३. राजीव ढुंगाना — सुनसरी

१४. प्रा।डा। गोविन्दराज पोखरेल — प्यूठान

१५. सुशीला मिश्र भट्ट — कैलाली

१६. नागिना यादव — महोत्तरी

१७. दिनेश कोइराला — चितवन

१८. डा। जीवन राना — कैलाली

१९. श्री सीता थपलिया — धादिङ

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com