गुरूङलाई अयोग्य ठहर गदै संघकाे अध्यक्षबाट हटाइयाेगुरूङ व्यवसायीभन्दा आफ्नो स्वार्थमा लृप्त देखिए
काठमाडौ – वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व संकट चुलियो संघका अध्यक्ष भुवनसिह गुरुङलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिएको छ ।

लामो समयदेखि नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका बेला अन्ततः व्यवसायीहरूको दबाबपछि यस्तो निर्णय भएको बताइएको छ ।
व्यवसायीहरूका अनुसार संघको नेतृत्व कमजोर हुँदा वैदेशिक रोजगार क्षेत्रका मुख्य मुद्दा ओझेलमा परेका थिए ।
सरकारसँग प्रभावकारी समन्वय गर्न नसक्नु, व्यवसायीका समस्या उठानमा निष्क्रियता देखिनु तथा संघभित्र बढ्दो असन्तुष्टिले अध्यक्ष गुरुङमाथि दबाब बढाएको थियो ।
![]() |
![]() |
![]() |
|---|
संघभित्रको पछिल्लो घटनाक्रमपछि अब नयाँ नेतृत्व चयन, संगठन पुनर्गठन र वैदेशिक रोजगार क्षेत्रका मुद्दालाई पुनः सशक्त रूपमा उठाउने विषय चर्चामा आएको छ ।
व्यवसायीहरूले सक्षम, स्पष्ट धारणा राख्ने र राज्यसँग मजबुत संवाद गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
संघकाे बहुमत पदाधिकारीहरूले उनलाई हटाउने निर्णय गरेकाे थिए ।
यस्तो छ विधानमा
Image Source: © https://mulpatra.com


Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



