विधान अध्ययन नगर्दा २० दिन पदमा बसे गुरुङ, सल्लाहकारहरुको रोहवर निर्वाचन तोक्ने समितिअवैधानिक अध्यक्ष भनेर थाहा पाएपछि झस्किए व्यवसाय
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ विधानअनुसार २० दिनअघि नै पदमुक्त भएका थिए । २०७४ सालमा संशोधन भएको वैदेशिक रोजगार व्यवसाय संघको विधान राजिनामा दिने पक्षले अवैधानिक अध्यक्ष नगर्दा गुरुङले २० दिन संघमा बसेर खेल्ने मौका समेत पाए ।

संघभित्र लामो समयदेखि नेतृत्व विवाद, सिण्डिकेटको आरोप र व्यवसायी असन्तुष्टिका बीच अब अध्यक्षको वैधानिकतामाथि नै प्रश्न उठेको हो ।
संघको विधानमा रहेको व्यवस्था अनुसार अयोग्यता र कार्यकाल सम्बन्धी प्रावधान लागू भएपछि गुरुङ स्वतः पदमुक्त भएको जानकारी काठमाडौं जिल्ला प्रशासनले राजिनामा दिने व्यवसायीलाई जानकारी गराएको थियो ।
![]() |
![]() |
![]() |
|---|
असन्तुष्ट पक्षले ‘विधान मिचेर पदमा बसिरहन खोजिएको’आरोप लगाउँदै नयाँ नेतृत्व चयन र संघलाई विधिसम्मत ढंगले अघि बढाउन दबाब बढाएका छन् ।
विधानअनुसार पदमुक्त भइसकेपछि भुवन गुरुङले गरेका निर्णय र प्रतिनिधित्वको वैधानिकतामाथि समेत प्रश्न उठ्न थालेको छ । असन्तुष्ट व्यवसायी २०७४ सालमा संशोधन भएको विधान राम्रो ध्यान नदिदाँ संघको नेतृत्वमा १५ बसेर खेल्ने मौका गुरुङले पाए ।
संघप्रति व्यवसायीको असन्तुष्टी बढ्दै गएपछि २ साताअघि ५ पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए ।
Image Source: © https://mulpatra.com
यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।

अध्यक्षविरुद्ध राजिनामा दिएका संघका सदस्य कृष्ण ढकाल र हमा गुरुङले दुवैतिर ठिक पर्दा व्यवसायीका समस्या समाधान भन्दा झन समस्या सिर्जना भएको थियो । राजिनामा काठमाडौं सिडियो कार्यालयमा पुगेपछि नै विधान व्यवसायीलाई सम्झाएका थिए ।
२०७४ सालमा संघको विधान सम्शोधन गर्दा यस्तो व्यवस्था गुरुङ अध्यक्ष पदबाट हटेपछि तत्कालिन अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा २१ दिनभित्र निर्वाचन तोक्ने प्रबन्ध समिति समेत बनेको छ । विधान सिडियोले सम्झाएपछि म्यानपावर व्यवसायीहरु झस्किएका थिए । त्यही अनुसार हिजो राति २१ दिनभित्र निर्वाचन गराउने प्रबन्ध समिति पनि बनाएका थिए ।


यो समितिले संघको निर्वाचन तोक्ने काम गर्छ । विधानअनुसार संघको निर्वाचन २१ दिनभित्र गर्नुपर्ने हुन्छ ।
विधानमा यो विषयपनि प्रष्ट छ

गुरुङको संघका पदाधिकारीमाथि अराजकपन पढ्दै गएपछि निर्वाचित पदाधिकारीसहित ११ जनाले सामुहिक राजिनामा दिएका थिए । भने उनीसँग असन्तुष्ट व्यवसायीले संघमा ताला लगाएका थिए ।
तर हिजो उनै गुरुङले संघमा लगाएको ताला गुण्डागर्दी शैलीमा फुटाएपछि विवाद झन चर्कीको छ । यादि विधानमै असन्तुष्ट भए गुरुङ काठमाडौं जिल्ला प्रशासन र अदालत समेत जान सक्छन् । तर विधानमा सिंधै उल्लेख भएका कारण उनी पदमुक्त भइसकेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



