Close

Recent Posts

इरानमाथि ‘ग्राउन्ड अपरेशन’को तयारी ? ट्रम्प–नेतन्याहू संवादपछि बढ्यो युद्धको त्रास

इरानमाथि ‘ग्राउन्ड अपरेशन’को तयारी ? ट्रम्प–नेतन्याहू संवादपछि बढ्यो युद्धको त्रास
  • २९ बैशाख २०८३, मंगलवार ११:०१

काठमाडौं– अमेरिका र इरानबीच बढ्दो तनावले मध्यपूर्व फेरि ठूलो युद्धको संघारमा पुगेको संकेत देखिएको छ ।

mulpatra

युद्धविराम भंग हुने आशंका बढिरहेका बेला इरानले अमेरिकी शान्ति प्रस्तावमा दिएको जवाफप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट देखिएका छन् । उनले इरानसँग सम्झौताको सम्भावना अस्वीकार गर्दै पुनः सैन्य आक्रमणको तयारी भइरहेको संकेत दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको प्रतिक्रियापछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन वार्ता गरेका थिए। वार्तामा इरानभित्र प्रत्यक्ष ‘ग्राउन्ड मिलिट्री अपरेशन’ सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

mulpatra mulpatra mulpatra

यो सम्भावित सैन्य अभियानको मुख्य उद्देश्य इरानका परमाणु केन्द्रहरू कब्जामा लिनु, संवर्धित युरेनियम नियन्त्रणमा लिएर ती स्थलबाट बाहिर निकाल्नु हुने बताइएको छ । तर पहाडमुनि गहिराइमा बनाइएका इरानी परमाणु संरचनाका कारण यस्तो अभियान अत्यन्त जोखिमपूर्ण हुने विश्लेषण गरिएको छ ।

परमाणु केन्द्रमाथि कडा निगरानी

स्रोतका अनुसार अमेरिका र इजरायलले इरानका प्रमुख परमाणु केन्द्रमाथि अन्तरिक्षबाट समेत निगरानी बढाएका छन् । नतांज, फोर्दो र इस्फहानस्थित परमाणु केन्द्रहरूलाई इरानको ‘परमाणु मेरुदण्ड’ मानिन्छ। इजरायलले यसअघि यी क्षेत्रलाई लक्षित गरी आक्रमण गरिसकेको बताइएको छ ।

Image Source: © https://mulpatra.com

ती केन्द्रहरूमा ४४० किलोसम्म संवर्धित युरेनियम रहेको आशंका गरिएको छ। अमेरिकी पक्षले यही युरेनियम नियन्त्रणमा लिन विशेष सैन्य अभियानको तयारी गरिरहेको दाबी गरिएको छ ।

हजारौँ सैनिक परिचालन हुनसक्ने

सम्भावित अपरेशनका लागि हजारौँ सैनिक आवश्यक पर्ने अनुमान गरिएको छ। योजनाअनुसार अमेरिकी र इजरायली सैनिक हेलिकप्टरमार्फत परमाणु केन्द्र नजिक अवतरण गर्नेछन् । उनीहरूसँगै ‘न्यूक्लियर सर्च टिम’ पनि रहनेछ, जसले युरेनियमको अवस्थाबारे जानकारी संकलन गर्नेछ ।

परमाणु केन्द्रका प्रवेशद्वारहरू आक्रमणका कारण क्षतिग्रस्त भएकाले मलबा हटाउन विशेष उपकरण र क्रेनसमेत हवाईमार्गबाट पु¥याउनुपर्ने अवस्था रहेको बताइएको छ ।

महिनौँसम्म चल्न सक्ने अपरेशन

विश्लेषकहरूका अनुसार युरेनियमसम्म पुगेर त्यसलाई विशेष कन्टेनरमा सुरक्षित राख्ने प्रक्रिया निकै जटिल र समय लाग्ने हुन सक्छ। त्यसपछि ट्रकमार्फत बाहिर निकालेर हवाईमार्गबाट अमेरिका लैजाने योजना रहेको दाबी गरिएको छ ।

यसबीच इरानी सेनाको प्रतिरोध सामना गर्नुपर्ने भएकाले अभियान अझ जोखिमपूर्ण बन्न सक्ने बताइएको छ । अमेरिका र इजरायलले इरानले युरेनियम अन्यत्र सार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्याटेलाइटमार्फत निरन्तर निगरानी गरिरहेका छन् ।

‘ब्लाइन्ड अपरेशन’ बन्न सक्ने खतरा

मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै युरेनियम नतांज परमाणु केन्द्र नजिकै रहेको ‘पिकएक्स माउन्टेन’मुनि भण्डारण गरिएको हुन सक्छ । यो भण्डारण स्थल सुरुङमार्फत नतांज प्लान्टसँग जोडिएको बताइएको छ ।

तर अमेरिकी सेनासँग ती सुरुङहरूको विस्तृत नक्सा नभएकाले सम्भावित सैन्य अभियान ‘ब्लाइन्ड अपरेशन’ बन्न सक्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।
सुरुङभित्र लुकेका इरानी सैनिकबाट आकस्मिक आक्रमण हुनसक्ने भएकाले अमेरिकी सेनाका लागि यो अपरेशन अत्यन्त चुनौतीपूर्ण र घातक बन्न सक्ने बताइएको छ ।
एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com