Close

Recent Posts

ग्लोबल सेसेल्सले बुद्ध जयन्ती र श्रमिक दिवसका अवसरमा गर्‍यो रक्तदान कार्यक्रम

ग्लोबल सेसेल्सले बुद्ध जयन्ती र श्रमिक दिवसका अवसरमा गर्‍यो रक्तदान कार्यक्रम
  • २९ बैशाख २०८३, मंगलवार ११:३२

सेसेल्स– हामी नेपाली ग्लोबल सेसेल्सद्वारा २५७० औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी १० मे २०२६ का दिन सेसेल्सको भिक्टोरिया अस्पतालमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

mulpatra

उक्त कार्यक्रममा ड्युटी अफ रहेका ३५ जना सदस्यको उत्साहजनक सहभागिता जनाउँदै सफलतापूर्वक रक्तदान गर्नुभएको थियो। अस्पतालमा सफा तथा ताजा रगतको आवश्यकता परेको अवस्थामा अस्पतालको आह्वानअनुसार हामी नेपाली ग्लोबल सेसेल्सद्वारा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

दिपेन्द्र कुँवरज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिका साथ कार्यक्रम गरिएको थियो ।

mulpatra

संस्थाले हरेक चार–चार महिनामा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको कुरा सर्वविदितै छ ।

रक्तदान कार्यक्रमबाट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अत्यन्त खुसी तथा हर्षित देखिए । साथै, सबैलाई आगामी दिनहरूमा पनि निरन्तर रक्तदान गर्न प्रेरित गर्दै रक्त सञ्चार केन्द्रकी सदस्य श्रीमती एलिजाबेथज्यूले सम्मानस्वरूप टिसर्ट तथा क्याप प्रदान गरिएको थियो ।

Image Source: © https://mulpatra.com

अन्त्यमा, कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका सबैलाई हामी नेपाली ग्लोबल सेसेल्सले धन्यवाद समेत दिएको थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com