Close

Recent Posts

अर्थमन्त्री वाग्लेले भने– बजेटको सिद्धान्त तथा प्राथमिकता वाचापत्रकै स्प्रिडमा ५ वटा थिममा आउँछ

अर्थमन्त्री वाग्लेले भने– बजेटको सिद्धान्त तथा प्राथमिकता वाचापत्रकै स्प्रिडमा ५ वटा थिममा आउँछ
  • २९ बैशाख २०८३, मंगलवार १२:५५

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता खास ५ वटा थिममा ल्याउने बताएका छन् ।

mulpatra

सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिको बैठकमा बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्री वाग्लेले चुनावअघि रास्वपाले जनता सामु गरेको प्रतिवद्धता, वाचापत्रकै स्प्रिडमा बजेटको सिद्धान्त तथा प्राथमिकता ५ वटा थिममा आउने बताए ।

उनले भने, ‘पर्सि बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउँदै गर्दा अहिले नै मैले यसको खास तथ्य अहिले मैले यहाँ खोल्न त्यति उपयुक्त हुँदैन । तर, मोटामोटी वाचापत्रकै स्प्रिडमा हामीले ५ वटा थिममा उच्च प्राथमिकता ल्याउँदैछौँ । त्यसको सैद्धान्तिक जगसमेत लेखेर किन त यहाँ खर्च गर्दैछौँ समेत लेख्नेछौं ।

mulpatra mulpatra mulpatra

बजेटका सन्दर्भमा योयो क्षेत्र र विषयमा सरकार प्राथमिकताका साथ अघि बढ्छ भन्ने कुरा लेख्छौँ । त्यसको मूर्त कार्यक्रम भने बजेटमा अंक (रकम) सहित प्रस्तुत गर्छौं ।’

अर्थमन्त्री वाग्लेले बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेस हुने जानकारी दिए