बादलको अभिव्यक्तिमा रास्वपा सांसद खनालको नियमापत्ति
काठमाडौं– प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलको भनाइमा रास्वपा सांसद मनिष खनालले नियमापत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा थापाले बोलेको विषयले संसदको अपमान भएको खनालले बताए ।
‘माननीयले आफ्ना कुराहरू राख्दा आपत्तिजनक कुराहरू आएका छन् । जमातलाई सार्वभौम संसदको मताधिकार दिएर निर्वाचित भएर आएका छौँ अराजक जमातको भिड भनेर संसदको अपमान गर्नुभएको छ । नेपाली सेनालाई विवादमा ल्याउने अभिव्यक्ति दिनुभएको छ,’ सांसद खनालले भने ।
![]() |
![]() |
![]() |
|---|
यस विषयमा सभामुख डीपी अर्यालले ध्यानाकर्षण भएको जानकारी दिए ।



