प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने तयारी भएको छ ।

बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा सांसदहरूले विभिन्न विषयमा सरकारसँग जवाफ मागिरहेका छन् । संसदीय अभ्यासअनुसार यस्तो छलफलपछि प्रधानमन्त्रीले नै उठेका प्रश्नको जवाफ दिने प्रचलन रहे पनि यसपटक अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट धारणा राख्ने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सचिवालय तथा अर्थमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको व्यस्तता र कार्यतालिकाका कारण अर्थमन्त्री वाग्लेले संसद्मा सरकारको धारणा प्रस्तुत गर्ने तयारी गरिएको हो । संसद् सचिवालयका एक अधिकारीले पनि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमा सरकारको जवाफ अर्थमन्त्रीमार्फत आउने कार्यसूची तय भएको जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा अहिले विभिन्न दलका सांसदहरूले धारणा राखिरहेका छन् ।



