मन्त्रिपरिषद् बैठकका केही निर्णयहरू सार्वजनिक
काठमाडौंः आज मन्त्रिपरिषद् बैठक बसेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न चार मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।

मन्त्रिपरिषदका निर्णयहरू–
–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।
