सभामुखको आग्रह वेवास्ता गदै विपक्षी दलकाे प्रतिनिधिसभा बैठक अवरोधप्रधानमन्त्रीकाे राजिनामा समेत मागे
काठमाडौं–विपक्षी दलले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले गरेको आग्रह समेत वेवास्ता गदै उनीहरुले संसद अवरोध गरेका छन् ।

विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् । श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा मागेका छन् । सभामुख र विपक्षी दलका सांसदहरूबीच सवालजवाफ चलेको छ ।



