Close

प्रधानमन्त्री सदनमा जवाफ दिन नआएपछि प्रतिपक्षको नाराबाजी, हर्कको बहिस्कार, सदन स्थगीत

प्रधानमन्त्री सदनमा जवाफ दिन नआएपछि प्रतिपक्षको नाराबाजी, हर्कको बहिस्कार, सदन स्थगीत
  • ३० बैशाख २०८३, बुधबार १३:२४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि संसद् अवरुद्ध बनेको छ । प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

mulpatra

प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शाहको तर्फबाट स्वर्णिम वाग्ले ले प्रस्तुत गर्ने तयारी गरेपछि विरोध सुरु भएको थियो ।

यसक्रममा हर्क साम्पाङ ले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै राजीनामासमेत माग गरेका थिए । सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न समय दिएलगत्तै साम्पाङ बैठक बहिस्कार गर्दै सदनबाट बाहिरिएका थिए ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि प्रतिपक्षी सांसदहरूले चर्को विरोध र नाराबाजी गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।