Close

Recent Posts

सरकारले लगायो सार्वजनिक सवारी दर्तामा रोक

सरकारले लगायो सार्वजनिक सवारी दर्तामा रोक
  • ८ जेष्ठ २०८३, शुक्रबार ०७:३३

काठमाडौँ । सरकारले सार्वजनिक सवारी दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जामको कारण देखाएर देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक लगाएको हो ।

mulpatra

वायु प्रदुषण समेतको कारण देखाएर रोक लगाउने भने पनि विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

यातायात व्यवस्था विभागले यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

mulpatra mulpatra mulpatra

विभागले यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको जनाएको छ । उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।