नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुँदै
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदका निर्वाचन हुने भएको छ ।

भरखरै सकिएको महासंघको महाधिवेशनबाट अन्जन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनीसकेको छ । सोही कार्यसमितिमा रहेकाहरुले मतदान गर्ने गरि एकजना वरिष्ठ उपाध्यक्ष र एक जना कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था छ । तर उक्त निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दायर उच्च अदालत पाटनमा मुद्धा दर्ता गरिएको थियो । तर पाटन अदालतले उक्त मुद्धामा अन्तरिम आदेश जारी नगर्ने निर्णय दिएसँगै निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको हो।
आज बिहान ९ बजेका लागि महासंघको बैठक बोलाइएको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै निर्वाचन प्रक्रिया नियमित रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन कार्यातालिका अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका आकांक्षीहरुले आजै मनोनय दर्ता गर्नुपर्नेछ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण बैद्य, किशोर प्रधान, हेमराज ढकाल र भरतराज आचार्य ले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।
सुरकृष्ण वैद्य, हेमराज ढकाल निवर्तमान उपाध्यक्ष हुन् भने रामचन्द्र सांघाई र किशोर प्रधान पुर्व उपाध्यक्षहरु हुने । भरतराज आचार्य भने निवर्तमान कोषाध्यक्ष हुन् ।
त्यस्तै, कोषाध्यक्ष पदका लागि भक्त हमाल, अम्बिका पौडेल र मनिषलाल प्रधानबीच प्रतिस्पर्धा हुने चर्चा रहेको छ।
Image Source: © https://mulpatra.com
महासंघको विधान अनुसार एक कार्यकाल पदाधिकारी भइसकेको वा ३ कार्यकाल सदस्य भइसकेको बहालवाला केन्द्रीय कार्यकारिणी समिति सदस्य वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न योग्य मानिन्छ ।
महासंघको विधान अनुसार कम्तीमा दुइ कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्रै कोषाध्यक्ष पदका लागि उम्मेदवार हुन पाउने प्रावधान छ । यस आधारमा मनिषलाल प्रधानलाई कोषाध्यक्षको उम्मेदवार हुनका लागि पहिला मनोनित भएर केन्द्रीय सदस्य हुनुपर्ने छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



