Close

Recent Posts

सचिवालय बैंठकमा ओलीको राजिनामा माग्ने तयारी हुँदै, विष्णु र योगेशलाई कारवाही गर्ने

सचिवालय बैंठकमा ओलीको राजिनामा माग्ने तयारी हुँदै, विष्णु र योगेशलाई कारवाही गर्ने
  • ८ जेष्ठ २०८३, शुक्रबार ११:०३

काठमाडौं– नेकपा (एमाले)का केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् । ओली नेतृत्वमा भएका कतिपय निर्णयकै कारण एमालेले ठूलो राजनीतिक क्षति ब्यहोर्नुपरेको र जनतामाझ कमजोर बन्नुपरेको निष्कर्ष असन्तुष्ट नेताहरूको छ ।

mulpatra

ओलीे जेन–जी आन्दोलनपछि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो र चुनावमा एमालेले किन लज्जास्पद पराजय भोग्नुप¥यो भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेका छन् ।

ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि कसरी प्रतिवाद गर्ने भन्ने विषयमा आन्तरिक छलफल भएको हो ।

mulpatra mulpatra mulpatra

ती नेताका अनुसार पार्टी पुनर्गठनको पक्षमा जानुको अब विकल्प नरहेको निष्कर्ष निकालिएको छ । केही शीर्ष पदाधिकारी नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेपछि यसअघि पुनर्गठनको आवाज उठाउँदै आएका समूहलाई थप बल पुगेको बताइएको छ । नेता योगेश भट्टराईले सार्वजनिक रूपमै पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका थिए । तर, चुनावपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले समेत भित्रभित्रै पार्टी पुनर्गठनको आवाज उठाइरहेको भन्दै उनीहरूप्रति पनि अध्यक्ष केपी शर्मा ओली सशंकित रहेको चर्चा एमालेभित्र चलिरहेको छ ।

महासचिव शंकर पोखरेललाई सचेत गराउने तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायत नेतामाथि कारबाही गर्ने तयारी भएको बताइएको छ ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव अघि सारेका थिए । तर, नेताहरूले भने कार्यविभाजनभन्दा पार्टी पुनर्गठनको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Image Source: © https://mulpatra.com

‘कार्यविभाजनको कुरा पछि हुन्छ । अहिले मुख्य कुरा पार्टी पुनर्गठन हो,’ एक शीर्ष नेताले भने, ‘अब सिंगो पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गरेर अघि नबढ्ने हो भने कुनै पनि कार्यविभाजनको अर्थ रहँदैन ।’

सोमबारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा प्रस्ताव पेस गरेका थिए । तर, ती विषयमा विस्तृत छलफल हुन सकेको थिएन ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com