Close

Recent Posts

हिरासतबाटै दुर्गा प्रसाईको बालेनलाई चेतावनी, मलाई थुन्नुको कारण देखाउ

हिरासतबाटै दुर्गा प्रसाईको बालेनलाई चेतावनी, मलाई थुन्नुको कारण देखाउ
  • ८ जेष्ठ २०८३, शुक्रबार ११:२१

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई हिरासतबाटै प्रधानमन्त्री बालेन शाहलाई आफुलाई थुनिएको वास्तविक कारण सार्वजनिक गर्न माग गरेका छन् ।

mulpatra

आज उनले सामाजिक सञ्जालमा पोष्ट लेख्दै राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेका छ । प्रसाईले आफूलाई कानुनी आधारभन्दा पनि राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखिएको दाबी गर्दै सरकारमाथि प्रत्यक्ष प्रश्न उठाएका छन् । उनले खुलापत्रमार्फत यदि आफूले कानुन उल्लंघन गरेको भए स्पष्ट प्रमाण र आधार सार्वजनिक गर्न चुनौती दिएका छन् ।

यो घटनाले सरकारको आलोचना गर्ने व्यक्तिमाथि राज्य संयन्त्र प्रयोग भइरहेको हो कि होइन भन्ने बहसलाई फेरि तातेको छ । एक पक्षले कानून आफ्नो बाटोमा अघि बढेको दाबी गरिरहेको छ भने अर्को पक्षले विरोधी आवाज दबाउने प्रयास भएको आरोप लगाइरहेको छ ।

mulpatra mulpatra mulpatra

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो खुलापत्रले हिरासतको विषयलाई केवल कानुनी सीमाभन्दा बाहिर निकालेर राजनीतिक मुद्दामा रूपान्तरण गर्ने सम्भावना बढाएको छ। विशेषगरी सामाजिक सञ्जाल र सार्वजनिक बहसमा सरकारको भूमिकामाथि थप प्रश्न उठ्न थालेका छन् ।

प्रसाईको स्टाटस