कुल १९ खर्ब ४१ अर्ब ६० करोडको वैदेशिक व्यापार
काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

समीक्षा अवधिमा (१० महिना)मा मात्र मुलुकले वैदेशिक व्यापारतर्फ १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार साउनदेखि वैशाख मसान्तसम्म नेपालले जम्मा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँमाथिको आयात गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
अघिल्लो वर्षको यसै अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्दै १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात गर्दा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ घाटा लागेको थियो ।
यस वर्ष प्रतिशतका हिसाबले आयात र निर्यातको वृद्धि समानजस्तै रहँदा व्यापार घाटा पनि १४.९२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
समीक्षा अवधिमा आयात र निर्यातको रेसियो ६.७९ प्रतिशत रहेको छ भने कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको १२.८२ प्रतिशत रहेको छ ।
Image Source: © https://mulpatra.com
१० महिनाको आयात र निर्यातको तथ्यांक हेर्दा मुलुकका कुल बजेट बराबर पुगेको छ । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
तर, यता वर्षको १० महिनामा नै कुल व्यापार करिब साढे १९ खर्ब पुग्दैगर्दा वर्षको अन्तिमसम्ममा बजेटलाई सजिलै जित्ने देखिन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



