Close

Recent Posts

रास्वपा सांसदमाथि कार्यकर्ताको आक्रमण

रास्वपा सांसदमाथि कार्यकर्ताको आक्रमण
  • ९ जेष्ठ २०८३, शनिबार १५:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु माथि कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सांसदहरु भागेका छन् । बारा जिल्लाको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु माथि आक्रमण प्रयास भएपछि उनीहरु भागेका हुन् ।

mulpatra

बाराको कलैयामा आयोजित विस्तारित बैठकमा असन्तुष्ट कार्याकर्ताहरुले पार्टी प्रतिनिधी र सांसदहरु माथि हातपात तानातान भएको थियो । बैठकमा जिल्लाका पदाधिकारी र स्तानिय तहका जिम्मेवार नेतालाई जिम्मेबारीबाट बाहिर राख्न खोजेपछि असुन्तुष्टी बढेको थियो ।

असन्तुष्ट कार्यकर्ताहरु उग्र बनेपछि रास्वपाका बारा १ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह ३ का अरविन्द साह, र ४ का रहबर अन्सारी लगायत केन्द्रका प्रतिनिधि बैठकबाट भागेर थिए।

mulpatra mulpatra mulpatra

स्थापनाकालदेखि काम गरेका जिम्मेवार नेताहरुलाई बाहिर राखि स्थानीय तहको टिक अहिले नै विक्री गरेको आरोप समेत रास्वपा माथि लागेको छ । सोही कारण स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।

असन्तुष्ट कार्यकर्ताले सांसदहरुले गुण्डा लिएर आएको र कार्यकर्तालाई बोल्न नदिई उनीहरुले चाहेको मान्छेलाई स्थानीय तहको टिकट बिक्री गरेको आरोप समेत रास्वपा बारा माथि लागेको छ ।