२०१० को विश्वविजेता स्पेन सेमिफाइनलमा
काठमाडौं । २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

अमेरिकाको लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनका मिकेल मेरिनोले निर्धारित समयको अन्त्यतिर निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। ८८औँ मिनेटमा पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलकिपरले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा मेरिनोले सहजै गोल गरेका थिए।
स्पेनले खेलको ३०औँ मिनेटमा फेबियन रुइजको गोलबाट अग्रता बनाएको थियो। तर ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटलेरले हेडमार्फत बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
![]() |
![]() |
![]() |
|---|
दोस्रो हाफमा स्पेनले लगातार आक्रामक खेल प्रदर्शन गर्दै बेल्जियममाथि दबाब कायम राख्यो। बल पोजिसन र अवसर सिर्जनामा पनि स्पेन हावी रह्यो। खेलभर स्पेनले १६ पटक प्रहार गर्दा बेल्जियमले केवल पाँच प्रहार गर्न सक्यो।
२०१० मा विश्वकप जितेपछि स्पेनको विश्वकप यात्रा उतारचढावपूर्ण रहँदै आएको थियो। २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम–१६ बाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै टोलीले १६ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ।
स्पेनको यो विश्वकप इतिहासमा तेस्रो सेमिफाइनल प्रवेश हो। यसअघि टोली १९५० र २०१० मा अन्तिम चारमा पुगेको थियो। २०१० मा विश्वविजेता बनेको स्पेनले यसपटक पनि उपाधि जित्ने लक्ष्यसहित सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
Image Source: © https://mulpatra.com
यता बेल्जियमको यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। पछिल्ला विश्वकपमा मिश्रित प्रदर्शन गरेको बेल्जियम यसपटक अन्तिम चार पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो। एजेन्सी
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



