प्रतिनिधि सभाको बैठक बस्दै, प्रतिपक्षी दलले गरेका छन सदन अवरुद्ध जारी गर्ने निर्णय
काठमाडौं । प्रतिपक्षि दलको निरन्तर विरोधका बिच तीन दिनका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठक कार्यसूची रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्ययोजना छ ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै सदनमा पेश भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यता प्रतिपक्षी दलहरुले गृह, रक्षा र प्रधानमन्त्री सम्हालेका बालेन शाहले सदनमा उठेका विषयको जवाफ नदिएका कारण सदन अवरुद्ध गर्ने निर्णय गरेका छन् । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम घोषणा भइरहँदा सदनबाट उठेर हिँडेका प्रधानमन्त्री बालेन शाह फेरी सदन गएका छैनन । प्रतिपक्षी दलहरुले सदनमा तीन मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले जवाफ नदिइन्जेल अवरुद्ध गर्ने निर्णय गरेका छन् ।



