Close

Recent Posts

पत्रकार किशोर श्रेष्ठमाथि धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर श्रेष्ठमाथि धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति
  • १२ जेष्ठ २०८३, मंगलवार ०८:४९

काठमाडौँ । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास तथा धम्कीका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । महासंघले यस्ता गतिविधिलाई स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गर्दै सम्बन्धित पक्षसँग प्रेसविरोधी व्यवहार सच्याउन र कानुनी कारबाहीको माग गरेको छ ।

mulpatra

सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको भनेका छन् ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी महासङ्घलाई गराएका छन् ।

mulpatra mulpatra mulpatra

विज्ञप्तिमा केही दिनयता जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि उक्त व्यवहार भएको काठमाडौँ शाखाबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।

महासंघले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी गराएको जनाएको छ । विज्ञप्तिअनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा यस्ता गतिविधि भइरहेको जानकारी श्रेष्ठले महासंघलाई गराएका छन् ।

महासंघले समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएका व्यवहारलाई स्वतन्त्र प्रेस र लोकतान्त्रिक अभ्यासमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै त्यसको निन्दा गरेको छ ।

Image Source: © https://mulpatra.com

विज्ञप्तिमार्फत महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्नसमेत माग गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com