Close

Recent Posts

वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति
  • १३ जेष्ठ २०८३, बुधबार ०८:२०

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गर्दै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ। अदालतले लिखतसम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

mulpatra

जिल्ला अदालत पर्साका अनुसार स्थानीय लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा यस्तो आदेश जारी गरिएको हो। मेयर सिंहमाथि झुटो विवरणका आधारमा अर्काकी छोरीलाई आफ्नो सन्तान देखाई नागरिकता दिलाएको आरोप छ।

२०७५ सालमा जारी गरिएको नागरिकतामा एक किशोरीको बुबाको नाम राजेशमान सिंह उल्लेख गरिएको विषयलाई लिएर अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा अदालतले मेयर सिंहकी श्रीमती तथा वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

mulpatra mulpatra mulpatra

मेयर सिंहलाई लिखतसम्बन्धी कसुर, झुटो विवरणका आधारमा नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा अघि बढाइएको हो। मुलुकी अपराध संहिता, २०७४ अनुसार सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर प्रमाणित भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।