गणतन्त्र दिवस प्रचण्ड, ओलीसहित पूर्वप्रधानमन्त्री देखा परेनन्, कसैलाई निम्तो थिएन
काठमाडौं– गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा आज कुनै पनि पूर्वप्रधानमन्त्री देखा परेनन् । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए ।

हरेक वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसको समारोहमा पुर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गर्ने परिपाटी रहेको छ । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्छ ।
अघिल्ला वर्षहरुमा गणतन्त्र दिवसको समारोहमा नियमित उपस्थित हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत यस वर्ष आएनन् ।
![]() |
![]() |
![]() |
|---|
पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेन । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेशमा छन् । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पनि समारोहमा देखिएनन् ।
गणतन्त्र दिवसमा पाहुनाहरू डाक्ने कार्य भने गृहले गर्दै आएको छ । गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले हरेक वर्षजस्तै यस वर्ष पनि सबै पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रण गरिएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीको सचिवालयले गणतन्त्र दिवसको समारोहमा सरकारबाट निमन्त्रण नआएको दावी गरेको छ । ओलीकी सचिवालय प्रमुख निरुदेवी पालले कुनै पत्र वा खबर नआएको बताइन् ।
Image Source: © https://mulpatra.com
स्वास्थ्यका कारण चिकित्सकहरुले घरबाहिर निस्कन बन्देज लगाएपछि ओलीले भेटघाट कम गर्नुका साथ जरुरी बैठक र छलफल पनि घरमै गर्ने गरेका छन् । यदि सरकारले बोलाएकै थियो भने पनि उनी जानसक्ने थिएनन् ।
पालले भनिन्, ‘औपचारिक निमन्त्रणा आएन, उहाँलाई नै कसैले फोन गरेको भए अर्कै कुरा ।’ प्रचण्डलाई भने ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता गएको बुझिएको छ ।
प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘हरेक वर्ष पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रण आउने गरेको थियो । यस वर्ष आएन । पछि बुझ्दा प्रतिनिधिसभा सदस्यको रुपमा सम्वोधन गरेर एउटा निमन्त्रण पिजनहोलमा छोडिएको रहेछ ।’
प्रचण्डलाई सामान्य रुघाखोकी लागे पनि उनी समारोहमा जानै नसक्ने अवस्थामा भने थिएनन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो नआएपछि उनले नजाने निर्णय गरेका हुन् ।
‘हामीले प्रोटोकलअनुसार सबैलाई निमन्त्रण पठाएका छौं, पूर्वप्रधानमन्त्रीहरू पनि कसैलाई छुटाइएको छैन,’ उनले भने, ‘तर आज पूर्वप्रधानमन्त्रीज्यूहरुको उपस्थिति रहेन ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



