Close

Recent Posts

रेमिट्यान्समा चलेको सरकारले घोषणा गर्यो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

रेमिट्यान्समा चलेको सरकारले घोषणा गर्यो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट
  • १५ जेष्ठ २०८३, शुक्रबार १७:५४

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछि बनेको सरकारका कारण व्यवसायमा त्रास बाँकी रहेका बेला अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

mulpatra

आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको आर्थिक योजना सङ्घीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेश गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट संसद्‌मा पेस भएको थियो।

mulpatra mulpatra mulpatra

चालु आर्थिक बर्षको ८ महिनामा साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ। फागुनसम्म विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धिको जनाएको छ भने चालु आर्थिक बर्षको १२ महिनामा रेमिट्यान्सले बजेटको आकार उछिन्ने अनुमान गरिएको छ ।

यस्तो अवस्थामा आएको बजेटको झन्डै दुईतिहाइ खर्च भने तलबभत्ता जस्ता चालु खर्चका लागि छुट्ट्याइएको छ।

अर्थमन्त्री वाग्लेले केही दिन अघि प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । अर्थतन्त्र संकुचित रहेको यस्तो अवस्थामा पुँजीगत खर्च र सार्वजनिक ऋणका लागि तिर्ने ब्याज हाराहारी हुनुले अर्थतन्त्र चलायमान हुन भने सकन पर्ने देखिन्छ ।

Image Source: © https://mulpatra.com

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्षको बजेट जेठ १५ गते अर्थमन्त्रीले संसद्‌मा पेस गर्नुपर्ने छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com