Close

Recent Posts

सरकारी कर्मचारीको न्युतम तलब ४० हजार, तलब बढ्यो २१ प्रतिशत

सरकारी कर्मचारीको न्युतम तलब ४० हजार, तलब बढ्यो २१ प्रतिशत
  • १५ जेष्ठ २०८३, शुक्रबार १७:४७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब तथा भत्तामा वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्ले ले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै कर्मचारीको सेवा–सुविधा बढाउने घोषणा गरेका हुन्।

mulpatra

पछिल्ला चार वर्षदेखि सरकारी कर्मचारीको तलबमान वृद्धि नभएको तथा उपभोक्ता मूल्य सूचकांकका आधारमा मूल्यवृद्धि १७.३ प्रतिशत पुगेको सन्दर्भलाई ध्यानमा राख्दै सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको जनाएको छ।

बजेटमार्फत कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ भने नयाँ तलबमानअनुसार मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि वृद्धि गरिएको छ। यससँगै सरकारी कर्मचारीको कुल तलब तथा सुविधामा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको दाबी छ।

mulpatra mulpatra mulpatra

नयाँ व्यवस्थाअनुसार सरकारी कर्मचारीको न्यूनतम मासिक तलब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पुग्ने बताइएको छ। सरकारले यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने जनाएको छ।