Close

Recent Posts

सरकार, लोकतन्त्र विरोधीको लौरो नबन अधिकारकर्मीको खबरदारी

सरकार, लोकतन्त्र विरोधीको लौरो नबन अधिकारकर्मीको खबरदारी
  • १५ जेष्ठ २०८३, शुक्रबार १४:०२

काठमाडौं– गणतन्त्र दिवसको अवसर पारेर अधिकारकर्मीले प्रदर्शन गरेकाछन्। उनीहरू लोकतन्त्र विरोधीको लौरो नबन्न सरकारलाई खबरदारी गरेका छन् ।

mulpatra

शुक्रबार मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा काठमाडौँमा प्रदर्शन गरिएको हो । गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गलाई खबरदारी गरेको हो । प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन् ।

mulpatra mulpatra mulpatra

२०७२÷७३ सालको समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनीतिक संकट पुनः दोहोरिन नदिन राज्यका अङ्गहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिइन् । सभापति पौडेलले शान्ति समाजको यो अभियान सरकारलाई कमजोर बनाउन नभई थप सशक्त र जनमुखी बनाउन लक्षित रहेको स्पष्ट पारिन् ।

विगत तीन दशकदेखि स्वयंसेवी रूपमा क्रियाशील शान्ति समाजले समसामयिक राजनीतिक र सामाजिक अवस्थाको विश्लेषण गरी खबरदारी गर्दै आएको उनले स्मरण गराइन्। सरकारले घोषणा गरेको १०० दिने शासकीय सुधारको कार्ययोजनाको चर्चा गर्दै पौडेलले गत भदौ २४ गतेको हिंसात्मक घटनाका सन्दर्भमा छानबिन समिति गठन गर्न ढिलाइ गरेकोमा आपत्ति जनाइन्।

सरकारले आफ्नै प्रतिबद्धता अनुसार सात दिनभित्र समिति गठन गर्ने भने पनि दुई महिना बितिसक्दा समेत कुनै पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com