Close

Recent Posts

यी हुन बजेटमा समेटिएको मुख्य घोषणा

यी हुन बजेटमा समेटिएको मुख्य घोषणा
  • १५ जेष्ठ २०८३, शुक्रबार १६:३५

काठमाडौं =संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ ÷२०८४ को बजेट प्रस्तुत गर्दै सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तिमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिए ।

mulpatra

मन्त्री वाग्ले सरकारले कर छुट तथा सहुलियत योजना ल्याएको छ । आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै सरकारले सरकारी संरचना चुस्त बनाउने बताएको छ । दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुनेछ । १८ निकायको पुनसंरचना हुनेछ ।

सुधारका कदमबाट २० अर्ब बचत हुने अर्थमन्त्रीले घोषणा गरेका छन् । योसँगै हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पु¥याएको हो । वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

mulpatra mulpatra mulpatra

साथै सरकारले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने घोषणा गरेको छ ।

आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा स्ल्याब परिवर्तन गर्ने गरेको छ ।

अहिले व्यक्तिगत आयकरको सीमा कम्तीमा १ देखि बढीमा ३९ प्रतिशत छ। तल्लो सीमालाई बढाइएको छ भने माथिल्लो सीमालाई घटाइएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com