आज देखि नेकपा एमालेको दुई दिन कार्यशाला
काठमाडौं । आज देखि नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ सुरु हुँदैछ। काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने उक्त कार्यशाला जेठ २० र २१ गते दुई दिन चल्नेछ ।

निर्वाचनमा पार्र्टी पराजय भएपछि एमालेले कार्यकर्तालाई ध्यानमा राखेर पार्टीको सांगठनिक सुदृढीकरणको विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ।
![]() |
![]() |
![]() |
|---|



