Close

Recent Posts

प्रधानमन्त्रीको अभिव्यक्ति र रवि लामिछानेको भारत भ्रमणका क्रममा सुनिएका गड्याङगुडुङ देशका लागि प्रिय छैनन्: बाबुराम भट्टराई

प्रधानमन्त्रीको अभिव्यक्ति र रवि लामिछानेको भारत भ्रमणका क्रममा सुनिएका गड्याङगुडुङ देशका लागि प्रिय छैनन्: बाबुराम भट्टराई
  • २० जेष्ठ २०८३, बुधबार १०:२३

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धका विषयमा पछिल्ला दिनमा देखिएका राजनीतिक गतिविधि र अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको भारत भ्रमण र नेपाल–भारत सम्बन्धबारे हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखको सन्दर्भ उठाउँदै भट्टराईले काठमाडौं र दिल्ली दुवैतर्फबाट सुनिएका गड्याङगुडुङ”देशका लागि प्रिय नभएको बताएका हुन्।

mulpatra

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी, सांस्कृतिक निकटता तथा ‘रोटी–बेटी’ सम्बन्धका विषयमा चर्चा हुँदा दुवै देशमा सकारात्मक वातावरण बन्ने गरेको उल्लेख गरेका छन्। उनले नेपाल–भारत सम्बन्धको बाहिरी सतहमा सहकार्य र सद्भाव देखिए पनि भित्री तहमा सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएका संवेदनशील प्रश्नहरू निरन्तर सक्रिय रहेको बताएका छन्।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ‘खाशगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता र संस्कृति ‘रोटी बेटी’ का कुरा गरून्जेल दुबैतिर वाहीवाही नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको बिरोधका बाबजुद मैले वीपा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुशी छाएकै हो।’
‘तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ’

mulpatra

उनका अनुसार भारतीय रणनीतिक सोचमा हिमालय क्षेत्रलाई आफ्नो सुरक्षा घेराको रूपमा हेर्ने दृष्टिकोण गहिरोसँग बसेको छ भने नेपाली समाजमा राष्ट्रिय सार्वभौमसत्तामाथि खतरा उत्पन्न हुनसक्ने सिक्किमीकरणको त्रास अझै विद्यमान छ। यही मनोवैज्ञानिक द्वन्द्वका कारण नेपाल–भारत सम्बन्ध पटक–पटक जटिल मोडमा पुग्ने गरेको उनको विश्लेषण छ।

भट्टराईले आफू प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्धका जटिल पक्षहरूलाई सम्बोधन गर्ने उद्देश्यले प्रबुद्ध व्यक्ति समूह ईपीजी को अवधारणा अघि सारेको स्मरण गर्दै त्यसको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्।

Image Source: © https://mulpatra.com

उनको यो अभिव्यक्ति प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी हालैको विवादास्पद अभिव्यक्ति र रवि लामिछानेको भारत भ्रमणको पृष्ठभूमिमा आएको हो।

प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको रहेछ भन्ने आशयको अभिव्यक्ति दिएका थिए, जसले नेपालभित्र तीव्र राजनीतिक विवाद निम्त्याएको छ। विपक्षी दलहरूले उक्त भनाइलाई राष्ट्रिय हितविपरीत भएको भन्दै संसद्मा विरोध जनाइरहेका छन्।

त्यसपछि भारतले नेपाल–भारत सीमा विवादमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पार्दै विवाद समाधानका लागि द्विपक्षीय संयन्त्र नै पर्याप्त रहेको प्रतिक्रिया दिएको थियो।

यता, भारत भ्रमणमा रहेका रवि लामिछानेले हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उदीयमान नेपाल र उदाउँदो भारतबीच विश्वास, संवाद र नयाँ साझेदारीको आवश्यकता औंल्याएका छन्। उनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका नेताहरू तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यही सन्दर्भमा भट्टराईले रवि लामिछानेको दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिँदै आएको अविश्वासको चक्र तोड्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उनले लेखेका छन् ‘रवि लामिछानेजीको वर्तमान दिल्लीभ्रमण यो दुष्चक्र तोड्न सफल रहोस्, परन्तु यतिवेलै काठमाण्डौ र दिल्ली दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज त्यति प्रिय छैनन् ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com