भारत भ्रमण रहेका रास्वपा सभापति रबि लामिछाने र भारतीय प्रधानमन्ती नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै
काठमाडौँ । जेठ १८ देखि २२ गते सम्मको भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान १०ः३० बजे उनीहरुबिच भेटवार्ता हुने समय तय भएको छ । यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ।
![]() |
![]() |
![]() |
|---|



