Close

Recent Posts

परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत जाँदै

परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत जाँदै
  • २२ जेष्ठ २०८३, शुक्रबार ०७:५२

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणमा रहेका रास्वपा पार्टी सभापति रबि लामिछाने भारत रहेकै बेला परराष्ट्रमन्त्री त्यता जान लागेका हुन् ।

mulpatra

परराष्ट्र मन्त्री तीन दिने भ्रणमा जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्।

भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। वार्तामा दुई देशबीचको साझा चासो र पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा छलफल हुने जनाइएको छ।

mulpatra mulpatra mulpatra