Close

Recent Posts

किन पक्राउ परेर छुटे सचिव कृष्णहरि पुष्कर ?

किन पक्राउ परेर छुटे सचिव कृष्णहरि पुष्कर ?
  • २२ जेष्ठ २०८३, शुक्रबार ०८:२१

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई बिहीबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेपछि राति रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत स्वार्थसँग सम्बन्धित मोबाइल म्यासेज पठाएका थिए ।

mulpatra

सचिव पुष्करले आफ्नो सेवा अवधि समाप्त हुन लागेकाले अवकाशपछिको राजनीतिक नियुक्तिको अपेक्षासहित प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा सम्पर्क गर्ने प्रयास गरेका थिए। प्रधानमन्त्रीसँग भेटघाट वा समय नपाएपछि उनले प्रधानमन्त्रीको निजी नम्बरमा म्यासेज पठाएको बताइएको छ।

सचिव पुस्करले आफुले कुनै अशिष्ट भाषा प्रयोग नगरेको भने पनि प्रहरी स्रोतले उक्त सन्देशको भाषा कर्मचारी आचारसंहिता र पदीय मर्यादाअनुकूल नभएको आशंकामा सोधपुछ गरिएको जनाएको छ।

mulpatra mulpatra mulpatra

सचिव पुष्करमाथि ‘चेन अफ कमान्ड’ उल्लंघन गरी व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्पर्क गरेको आरोप लागेको थियो। यही विषयमा स्पष्टता लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई नियन्त्रणमा लिएर बयान लिएको हो।

प्रहरीले प्रारम्भिक रूपमा जरुरी पक्राउ पुर्जीसमेत तयार गरेको भए पनि उनीमाथि तत्काल मुद्दा चलाउन पर्याप्त आधार नदेखिएपछि राति नै रिहा गरिएको स्रोतको भनाइ छ। उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छाडिएको बताइएको छ। श्रेष्ठ स्वयं नेपाल सरकारकी सहसचिव हुन्।