सिनामंगल बैरो समूह संघको निर्वाचनमा सक्रिय र निर्णयक भुमिकातिर
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा विभिन्न समूहहरू सक्रिय रुपमा लागेका छन् । दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुँदै छ । सिनामंगल वैदेशिक रोजगार एकता समूहमा रहेका करिब ३ सयभन्दा व्यवसायी संघको साधारण सभामा निर्णयक हुने बताउँन थालिएको छ ।

काठमाडौंको सिनामंगल क्षेत्रमा व्यवसायीहरूसँग नियमित भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै समूहले आफ्नो संगठन विस्तारसहित संघमा नयाँ नेतृत्व छनोटमा निर्णयक भुमिका खेल्ने भएको छ ।
समूहका नेतृत्वकर्ताहरूले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान, व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी र उत्तरदायी नेतृत्व तथा व्यवसायमैत्री नीतिका पक्षमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा सिनामंगलसहित विभिन्न क्षेत्रमा व्यवसायीहरूको समर्थन जुटाउन एकता समूह सक्रिय रूपमा लागिपरेको छ ।
![]() |
![]() |
![]() |
|---|
संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनले वैदेशिक रोजगार क्षेत्रको भावी दिशा निर्धारण गर्ने भएकाले व्यवसायीहरूबीच चुनावी माहोल क्रमशः तातिँदै गएको छ ।
यसै सन्दर्भमा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न समूह र संगठनहरू आफ्ना उम्मेदवार र एजेण्डा लिएर मैदानमा उत्रिएका छन् । वैदेशिक रोजगार व्यवसायी एकता समूहसँग आबद्ध व्यवसायीहरू पनि निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो पक्षको नेतृत्व स्थापित गर्ने अभियानमा जुटेका छन् ।



