‘सशक्त संघ, सुरक्षित व्यवसाय’ भन्ने एजेण्डाका साथ युवा व्यवसायी अधिकारीको सचिव पदमा उम्मेदवारी
काठमाडौं–वैदेशिक रोजगार व्यवसाय संघको सचिव पदमा युवा व्यवसायी केदारनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । डिककुमार खत्रीको नेतृत्वमा संघको आगामी विशेष साधारणसभा तथा निर्वाचनका लागि सचिव पदमा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएको अधिकारीले जानकारी दिए ।
संघभित्र व्यवसायीका हकहित, नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्याको समाधानलाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघमा हाल विशेष परिस्थितिमा निर्वाचन हुन लागेको र व्यवसायीहरू नयाँ नेतृत्व चयन भोली हुँदै छ ।
![]() |
![]() |
![]() |
|---|
अधिकारीले अघि सारेको प्रतिबद्धता
व्यवसायीका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय ।
डिमाण्ड प्रमाणीकरण, श्रम स्वीकृति तथा अन्य प्रक्रियामा सरलीकरण ।
वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधारका लागि दबाबमूलक भूमिका ।
व्यवसायी र श्रमिक दुवैको हित हुने व्यवस्था निर्माण ।
संघलाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने पहल ।
व्यवसायीबीच एकता र संस्थागत सुदृढीकरणमा जोड ।
वैदेशिक रोजगारी केवल रोजगारीको अवसर मात्र होइन, श्रमिकको सम्मान, सुरक्षा र अधिकारसँग जोडिएको विषय भएको उनको बुझाइ छ ।
Image Source: © https://mulpatra.com
उनका अनुसार कामदारको अधिकार संरक्षण भएमा मात्र वैदेशिक रोजगार क्षेत्र व्यवस्थित, मर्यादित र विश्वसनीय बन्न सक्छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले कानुनले सुनिश्चित गरेका विभिन्न अधिकार प्राप्त गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



