बैरो स्वतन्त्र व्यवसाय संघको प्रस्तावमा संघको द्वितीय उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा द्वितीय उपाध्यक्ष पदका लागि बालकृष्ण श्रेष्ठले उम्मेदवारीको घोषणा गरेका छन् । बैरो स्वतन्त्र व्यवसाय संघको प्रस्तावमा संघको द्वितीय उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी दिएका हुन् ।

राजनीतिकभन्दा मागि उठेर व्यवसायीका हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संघको संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेण्डा रहेको श्रेष्ठले भिडियो सन्देशमार्फत उद्धघोष गरेका छन् ।
उनले व्यवसायीमाथि बढ्दो प्रशासनिक जटिलता, डिमाण्ड प्रमाणीकरणमा हुने ढिलाइ, श्रम स्वीकृति प्रक्रियाका समस्या तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न चुनौती समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
साथै व्यवसायी र श्रमिकबीच विश्वासको वातावरण निर्माण गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि संघलाई थप सशक्त बनाउने योजना श्रेष्ठको छ ।
चुनावी प्रतिबद्धताः
श्रमिक र व्यवसायीबीचको विश्वास अभिवृद्धि ।
संघमा पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन ।
सरकारी निकायसँग प्रभावकारी समन्वय र सहकार्य ।
व्यवसायीका हकहित र अधिकारको संरक्षण ।
वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि पहल ।
व्यवसायीमैत्री वातावरण निर्माण ।



