‘अनुभव, सक्रियता र प्रतिबद्धता’ भन्ने एजेण्डा उठाउँदै तृतीय उपाध्यक्षमा पौडेलको उम्मेदवारीव्यवसायिक परिवर्तनका लागि आजैबाट हातेमालो
काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघको तृतिय उपाध्यक्षमा लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरेका छन् । संघको आगामी निर्वाचनमा तृतीय उपाध्यक्ष पदका लागि पौडेलले उम्मेदवारी संघको चुनावी प्रतिस्पर्धामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट दिएका हुन् ।

वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने उद्देश्यका साथ उम्मेदवारी दिएको पौडे बताउँछन् ।
पौडेलले व्यवसायीका हकहितको संरक्षण, वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्याको समाधान, सरकारी निकायसँग प्रभावकारी समन्वय तथा संघको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेण्डाको बताए । ‘व्यवसायी र श्रमिक दुवैको हितलाई केन्द्रमा राखेर सुरक्षित, मर्यादित र दिगो वैदेशिक रोजगारीको वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ’ उनले भने ।
![]() |
![]() |
![]() |
|---|
मुख्य प्रतिबद्धताः
वैदेशिक रोजगार क्षेत्रको प्रतिष्ठा र विश्वसनीयता अभिवृद्धि गर्ने ।
संघभित्र पारदर्शिता, उत्तरदायित्व र एकताको प्रवद्र्धन ।
व्यवसायीका अधिकार र हितको संरक्षण ।
वैदेशिक रोजगार प्रक्रियालाई थप सहज–व्यवस्थित बनाउन पहल ।
डिमाण्ड प्रमाणीकरण तथा श्रम स्वीकृतिसम्बन्धी जटिलता समाधानका लागि पहल ।
व्यवसायीका हकहित र अधिकारको संरक्षण ।
वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि पहल ।
व्यवसायीमैत्री वातावरण निर्माण ।
श्रमिक र रोजगारदाताबीचको विश्वास कायम राख्ने ।
श्रमिकको समस्या समाधानमा जिम्मेवार भूमिका निर्वाह गर्ने ।
सुरक्षित, मर्यादित र भरपर्दो वैदेशिक रोजगारको वातावरण निर्माणमा योगदान गर्ने ।
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना र रेमिट्यान्सको प्रमुख आधार बनेको छ । यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सरकार, व्यवसायी, श्रमिक र सरोकारवाला निकाय सबैको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।
‘वैदेशिक रोजगारीको सुधार केवल कानुन र नीति परिवर्तनले मात्र सम्भव हुँदैन, सरकार, व्यवसायी र श्रमिकबीचको सहकार्य, विश्वास र जिम्मेवारीपूर्ण भूमिकाले मात्र दिगो सुधार सम्भव छ ।’ उनले भने
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगारी सुधारमा भूमिका र सुधारका प्रमुख क्षेत्रहरूः
वैदेशिक रोजगारसम्बन्धी नीतिहरूलाई समयानुकूल र व्यवसायीमैत्री बनाउने ।
व्यवसायी र श्रमिकबीच विश्वासको सम्बन्ध सुदृढ बनाउने ।
डिमाण्ड प्रमाणीकरण, श्रम स्वीकृति र भिसा प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने ।
श्रमिकमाथि हुने अनावश्यक आर्थिक भार र ठगी नियन्त्रण गर्ने ।
नयाँ श्रम गन्तव्यको खोजी तथा उच्च आय भएका मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने ।
वैदेशिक रोजगार व्यवसायीलाई साझेदारका रूपमा लिएर नीतिगत निर्णय गर्ने ।
सिण्डिकेट, बिचौलिया र गैरकानुनी गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्ने ।
सीपयुक्त जनशक्ति उत्पादन गरी नेपाली श्रमिकको प्रतिस्पर्धात्मक क्षमता बढाउने ।
विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्ने ।
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना र रेमिट्यान्सको प्रमुख आधार बनेको छ । यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सरकार, व्यवसायी, श्रमिक र सरोकारवाला निकाय सबैको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



