Close

Recent Posts

बैरो संघको द्वितीय उपाध्यक्षमा अनिल बोगटीको उम्मेदवारी

बैरो संघको द्वितीय उपाध्यक्षमा अनिल बोगटीको उम्मेदवारी
  • २३ जेष्ठ २०८३, शनिबार १९:४५

काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व चयनका लागि व्यवसायी अनिल बोगटीले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

mulpatra

वैदेशिक रोजगार क्षेत्रको दीर्घ अनुभवलाई संगठन सुदृढीकरण, व्यवसायीको हकहित संरक्षण र वैदेशिक रोजगार क्षेत्रको सुधारमा केन्द्रित गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन् ।

‘सबल संघ, सुरक्षित व्यवसाय र सम्मानित व्यवसायीका लागि – अनिल बोगटीलाई द्वितीय उपाध्यक्षमा विजयी बनाऔँ।’ उनको मुख्य नारा छ ।

mulpatra mulpatra mulpatra

बोगटीले व्यवसायीमैत्री नीति निर्माण, वैदेशिक रोजगार क्षेत्रका विकृति र विसंगति अन्त्य, श्रमिक तथा व्यवसायी दुवैको हित सुनिश्चित गर्ने तथा संघलाई थप प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् ।

उनले वैदेशिक रोजगार व्यवसायीबीच एकता, पारदर्शिता र व्यावसायिक मर्यादा कायम गर्दै व्यवसायीका समस्या समाधानका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्य प्रतिबद्धताः

Image Source: © https://mulpatra.com

व्यवसायीको हकहितको संरक्षण
वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल
पारदर्शी र उत्तरदायी संघ निर्माण
श्रमिक र व्यवसायीबीच विश्वासको वातावरण सिर्जना
सरकारी निकायसँग प्रभावकारी समन्वय र सहकार्य

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com