Close

Recent Posts

व्यवसायीको आवाज, व्यवसायीकै साथ भन्ने नारा बोकेर बैरो संघको सदस्यमा हुसेनको उम्मेदवारी

व्यवसायीको आवाज, व्यवसायीकै साथ भन्ने नारा बोकेर बैरो संघको सदस्यमा हुसेनको उम्मेदवारी
  • २३ जेष्ठ २०८३, शनिबार १९:५३

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि व्यवसायी सरोज हुसेनले सदस्य पदमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह र हरि पाण्डेको नेतृत्वबाट उनले उम्मेदवारी दिएका हुन् ।

mulpatra

वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण र व्यवसायीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

सरोज हुसेनले संघलाई थप सक्रिय, पारदर्शी र व्यवसायीको भरोसायोग्य संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान, व्यवसायीका साझा मुद्दाहरूको उठान तथा श्रमिक र व्यवसायी दुवैको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

mulpatra mulpatra mulpatra

सरोज हुसेनका प्रमुख एजेन्डा
व्यवसायीहरूको हकहित र अधिकारको संरक्षण
संघलाई थप प्रभावकारी र उत्तरदायी बनाउने
वैदेशिक रोजगार क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि पहल
व्यवसायीबीच एकता र सहकार्यको वातावरण निर्माण
श्रमिक र व्यवसायी दुवैको हित हुने नीतिगत सुधारका लागि पहल