इजरायलद्वारा युद्धविराम उल्लंघन गरेको आरोप, इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायलद्वारा युद्धविराम उल्लंघन गरेको आरोप, इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट
  • ७ असार २०८३, आईतवार ०६:३०

एजेन्सी । लेबनानमा इजरायली आक्रमण जारी रहेको आरोप लगाउँदै इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य ९स्ट्रेट० पुनः बन्द गर्ने घोषणा गरेको छ। इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै अमेरिका–इरानबीच हालै भएको शान्ति समझदारीको प्रमुख शर्त नै लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दाबी गरेको छ।

mulpatra

तेहरानले इजरायलले आक्रमण नरोक्दा वासिङ्टनले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ। गत जुन १७ मा अमेरिका र इरानबीच युद्ध अन्त्य तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीपछि अमेरिका तथा अन्य मध्यस्थकर्ताको पहलमा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरिए पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युद्धविराम लागू भएको केही घण्टामै पुनः झडप सुरु भएको थियो भने इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा ड्रोन तथा तोपखानामार्फत आक्रमण गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको जनाइएको छ।

mulpatra mulpatra mulpatra

इरानको पछिल्लो निर्णयले विश्व ऊर्जा बजारमा थप चिन्ता बढाएको छ। होर्मुज जलडमरूमध्य विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले यसको बन्दले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने विश्लेषण गरिएको छ।

यता, इजरायली प्रधानमन्त्री न्यातान्याहुले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने बताउँदै गाजा र लेबनानमा सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन्। अमेरिकी अधिकारीहरूले भने हालसम्म जलडमरूमध्य पूर्ण रूपमा बन्द भएको पुष्टि गर्ने सैन्य गतिविधि नदेखिएको बताएका छन्।