आइभरी कोष्ट नकआउट चरणमा प्रवेश

आइभरी कोष्ट नकआउट चरणमा प्रवेश
  • १२ असार २०८३, शुक्रबार ०७:३२

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को अन्तिम खेलमा कुरासाओलाई २–० ले पराजित गर्दै आइभरी कोष्टले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टका लागि निकोलस पेपेले ७औँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

mulpatra

लगातार दोस्रो जित निकालेसँगै आइभरी कोष्टले तीन खेलबाट ६ अंक जोड्यो र गोलअन्तरका आधारमा समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

समूह ‘ई’मा जर्मनी पनि तीन खेलबाट ६ अंक नै जोड्दै उत्कृष्ट गोलअन्तरका कारण समूह विजेता बनेर नकआउट चरणमा पुग्यो। जर्मनीविरुद्ध जित निकालेको इक्वेडरले भने एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोडेर तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम १६ मा स्थान बनायो। यता, कुरासाओले तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको छ।

mulpatra mulpatra mulpatra