इरान युद्ध अघिकै स्थितिमा झर्यो कच्चा तेलको भाउ, अझै सस्तिने विस्वास
काठमाडौं– बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप घटेको छ । मध्यपूर्वी देशहरूबाट बजारमा धेरै तेल आउने संकेत देखिएपछि माग घट्ने चिन्ताका बीच पनि मूल्य ओरालो लागेको हो। अहिले तेलको मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको छ ।

नेपाली समयअनुसार बिहीबार दिउँसो, अन्तर्राष्ट्रिय रूपमा मूल्य तय गर्ने मुख्य सूचक ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल १.०६ डलर (१.४४ प्रतिशत) ले घटेर ७२.६८ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी बजारको सूचक ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (डब्लुटीआई) को मूल्य पनि ७६ सेन्ट (१.०८ प्रतिशत) ले घटेर प्रतिब्यारेल ६९.५८ डलर भएको छ ।
यी दुवै मूल्य गत फेब्रुअरी २७ यताकै सबैभन्दा कम हुन् । आउने महिनाका लागि तय भएको मूल्य पछिल्ला महिनाहरूको भन्दा कम हुनुले बजारमा अहिले पर्याप्त तेल उपलब्ध छ भन्ने देखाउँछ ।
![]() |
![]() |
![]() |
|---|
गत फेब्रुअरी २८ मा इरानसँग सुरु भएको अमेरिका र इजरायलको युद्ध अन्त्य गर्न गत हप्ता एउटा प्रारम्भिक सम्झौता भएको थियो। त्यही सम्झौतापछि यस समुद्री मार्गमा जहाजहरू चल्न थालेका हुन् । सम्झौताअनुसार इरानको आणविक कार्यक्रम जस्ता कडा मुद्दाहरूमा छलफल गर्न ६० दिनको समय दिइएको छ ।
अनुमान गरेभन्दा निकै छिटो खाडी देशहरूको तेल बजारमा आउन थालेकाले मूल्य यति तीव्र गतिमा घट्दा धेरै मानिस अचम्ममा परेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । तेल आपूर्ति सहज हुने संकेत पाएसँगै बुधबार मात्रै पनि तेलको मूल्य प्रतिब्यारेल झन्डै ३ डलरले घटेको थियो ।
अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले तेल ढुवानी हुने मुख्य समुद्री मार्ग ‘हर्मुज जलडमरू मध्य’मा जहाजहरूको आवतजावत इरान युद्ध सुरु हुनुअघिकै अवस्थामा पुगेको बताएका खबरहरु लेखिएका छन् ।
Image Source: © https://mulpatra.com
उनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै उक्त मार्ग हुँदै कम्तीमा २ करोड ब्यारेल तेल बाहिरिएको छ । तर, युद्धका बेला बिछ्याइएका बारुदी सुरुङहरू हटाएर यो मार्गलाई पूर्ण रूपमा सुरक्षित बनाउन अझै केही हप्ता लाग्ने छ ।
यस क्षेत्रबाट तेलको आपूर्ति बढ्नु र अमेरिकी प्रतिबन्धमा केही खुकुलो भएपछि इरानले पनि आफ्नो तेल बढाउने तयारी गर्नुले विश्वभरि नै कच्चा तेलको मूल्य घटाउन मद्दत गरेको छ।
वित्तीय विश्लेषकहरूले समुद्री मार्ग खुलेकाले तेलको मूल्य चाँडै नै युद्ध अगाडिको सामान्य अवस्थामै आइपुग्ने अनुमान गरेका छन्। उनीहरूका अनुसार वर्षको तेस्रो त्रैमासिक (साउन–असोज) सम्ममा तेलको औसत मूल्य ६२ देखि ६७ डलर प्रतिब्यारेलसम्म झर्नेछ, जुन दोस्रो त्रैमासिकमा ८७ देखि ९४ डलरसम्म थियो ।
अमेरिकामा तेल प्रशोधनको माग बढेकाले र सरकारले आफ्नो आपतकालीन भण्डारबाट तेल बजारमा पठाएकाले त्यहाँ कच्चा तेलको मौज्दात सन् १९८४ यताकै सबैभन्दा कम बिन्दुमा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । तर, यतिबेला व्यापारीहरूको ध्यान तेल ढुवानी हुने मुख्य समुद्री मार्ग खुल्ने कुरामा मात्र केन्द्रित भएकाले अमेरिकी भण्डार रित्तिएको खबरले बजारमा खासै असर पारेको देखिँदैन ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



