नकआउट चरणबाट बाहिरिसकेको टर्कीसँग अमेरिका पराजित
काठमाडौं– विश्वकप फुटबल अन्तर्गत भर्खरै सकिएको समूह ‘डी’को खेलमा अमेरिकालाई ३२ गोल अन्तरले पराजित गर्दै टर्की विजयी भएको छ ।

तर, यो हारले अमेरिकालाई नकआउट चरणमा प्रवेश गर्नबाट कुनै बाधा गर्दैन । यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै जारी विश्वकपको सह–आयोजक समेत रहेको अमेरिका नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो ।
उता टर्की भने फिफा विश्वकपको नकआउट चरणबाट बाहिरिसकेको टोली हो । समूह ‘डी’को दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की अर्को चरणमा प्रवेश नगरी विश्वकपबाटै बाहिरिएको टोली हो ।
![]() |
![]() |
![]() |
|---|
उसले यो अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै खेलेको थियो । लस एन्जलस स्टेडियममा भएको खेलको तेस्रो मिनेटमा अस्टन ट्रस्टीले पहिलो गोल गर्दै अमेरिकालाई अग्रदा दिलाएका थिए ।
तर, १० औँ मिनेटमा टर्कीका अर्दा गुगलले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए । ३१ औँ मिनेटमा टर्कीका लागि दोस्रो गोल गरे भने दोस्रो हाफको ४९ औँ मिनेटमा अमेरिकाका सेबास्टियन बर्हाल्टरले पनि दोस्रो गोल गर्दै खेललाई फेरि बराबरीको अवस्थामा ल्याए ।
एन्जुरी समयको आठौँ मिनेटमा टर्कीका कान आयहानले तेस्रो गोल गर्दै देशलाई जित दिलाए । समूह ‘डी’बाट ६ अंकसहित अमेरिका समूह विजेताको रूपमा नकआउट चरणमा गएको छ । यो समूहबाट अस्ट्रियाले पनि उपविजेता हुँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



