यी हुन् रास्वपाका पदाधिकारीका उम्मेदवारहरु

यी हुन् रास्वपाका पदाधिकारीका उम्मेदवारहरु
  • १२ असार २०८३, शुक्रबार ११:२६

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनमा पदाधिकारीको प्रारम्भिक उम्मेदवारको सूचि सार्वजनिक भएको छ । पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन भएको महाधिवेशनमा दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

mulpatra

पार्टीको सभापति र उपसभापतिमा यस अघि नै सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । सभापतिमा रबि लामिछाने र उपसभापतिमा डा. स्वर्णीम वाग्ले निर्वाचित भएका हुन् ।

सार्वजनिक भएको प्रारम्भिक सूचीअनुसार १ जना महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की भिड्ने देखिएको छ ।

mulpatra mulpatra mulpatra

१ जना महामन्त्री पदमा १० जनाको उम्मेदवारी परेको छ। जसमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।

२ खुल्ला सह–महामन्त्री मा ११ जनाले उम्मेदवारी दिएका छन्। यस सूचीमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त मैदानमा छन्।

१ जना सह–महामन्त्री महिलामा ५ जनाको उम्मेदवारी परेको छ। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com