सहकारी बचतकर्ताको २२ अर्ब दाबी, ९ करोड असुली

सहकारी बचतकर्ताको २२ अर्ब दाबी, ९ करोड असुली
  • १२ असार २०८३, शुक्रबार १५:५९

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका पाँच सहकारीका बचतकर्ताले २२ अर्ब ३८ करोड ११ लाख माग दावी गरेका छन । १४ हजारभन्दा बढी बचतकर्ताको रकम जोखिममा परेको छ ।

mulpatra

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार बचतकर्ता तथा अन्य दाबीकर्ताले कुल २२ अर्ब ३८ करोड ११ लाख रुपैयाँ बराबरको मागदाबी गरेका छन्। तर हालसम्म जम्मा ९ करोड ५४ लाख रुपैयाँ मात्र असुली भएको छ ।

सबैभन्दा बढी दायित्व सुमेरु बचत तथा ऋण सहकारी र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा रहेको छ। सुमेरुका करिब ५ हजार ९४४ बचतकर्ताले ९ अर्ब १६ करोड रुपैयाँ र सिभिलका १ हजार ७८६ बचतकर्ताले ६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी दाबी गरेका छन्।

mulpatra mulpatra mulpatra

लालीगुँरास, दर्शन र नेसनल नमोबुद्ध सहकारीका बचतकर्ताको पनि अर्बौं रुपैयाँ फिर्ता हुन बाँकी छ। तर सम्पत्ति लिलामी सफल हुन नसक्नु, ऋणीविरुद्धको कानुनी विवाद र कमजोर अनुसन्धान संयन्त्रका कारण बचत फिर्ता प्रक्रिया प्रभावकारी बन्न सकेको छैन।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सीमित अधिकार र जनशक्तिका कारण सम्पत्ति खोजी, ऋण असुली तथा बचत फिर्ताको काम अपेक्षाअनुसार अघि बढ्न नसकेको जनाएको छ।

साना बचतकर्तालाई राहत दिन ‘चक्रीय कोष’ स्थापना गर्ने प्रस्ताव उठे पनि हालसम्म त्यसको स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन। यसले हजारौं बचतकर्ताले आफ्नो रकम कहिले र कसरी फिर्ता पाउने भन्ने अन्योल अझै कायम रहेको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com