Close

Recent Posts

संविधान खारेजीको बाटो रास्वपा अघि बढेकाले साँचो अर्थमा कम्युनिष्ट हुन र एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

संविधान खारेजीको बाटो रास्वपा अघि बढेकाले साँचो अर्थमा कम्युनिष्ट हुन र एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा
  • १२ असार २०८३, शुक्रबार १५:५८

विराटनगर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीय व्यवस्थामाथि आक्रमण भइरहेको दाबी गर्दै त्यसको प्रतिवादका लागि नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य गर्ने घोषणा गरेका छन्।

mulpatra

शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि वर्तमान राजनीतिक परिस्थितिले कम्युनिष्ट शक्तिबीच सहकार्यको आवश्यकता बढाएको बताए। उनले आगामी महाधिवेशनबाट आफ्नो राजनीतिक जीवनको अन्तिम क्रमभङ्ग हुने दाबी गर्दै कार्यकर्तालाई त्यसका लागि तयार रहन आग्रह गरे।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि संविधान, संघीयता र प्रदेश संरचनालाई कमजोर बनाउने राजनीतिक एजेन्डा अघि सारेको आरोप लगाए। उनले रास्वपाले प्रदेश संरचना खारेज गर्ने र संविधानमाथि नै प्रश्न उठाउने नीति लिएको दाबी गर्दै यसलाई लोकतान्त्रिक उपलब्धिविरुद्धको अभियानको रूपमा चित्रण गरे।

mulpatra mulpatra mulpatra

साथै सरकारमा रहँदा सीमाक्षेत्रका सर्वसाधारणमाथि भन्सारको कडाइ गर्ने, सुकुम्बासी बस्ती हटाउने तथा गरिब, जनजाति र उत्पीडित समुदायविरुद्धका गतिविधि गरेको आरोप लगाउँदै रास्वपाको ‘वास्तविक चरित्र’ छोटो समयमै उजागर भएको टिप्पणी गरे।

वर्तमान सरकार नवउदारवादी र फासिस्ट शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै प्रचण्डले यस्तो अवस्थाको प्रतिरोध गर्न साँचो अर्थमा कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले कम्युनिष्ट शक्तिहरू विभाजित रहँदा परिवर्तनका उपलब्धि कमजोर हुने तर्क गर्दै कार्यकर्तालाई वैचारिक रूपमा स्पष्ट, संगठित र संघर्षका लागि तयार रहन आह्वान गरे। ‘अब हामी साँच्चै कम्युनिष्ट बन्ने कि नबन्ने भन्ने निर्णायक मोडमा छौं,’ उनले भने, ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षाका लागि कम्युनिष्ट शक्तिबीच सहकार्यको विकल्प छैन।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com