Close

Recent Posts

असार १६ गते हुने भयो विष्णु पौडेलको रिटमाथिको सुनुवाइ

असार १६ गते हुने भयो विष्णु पौडेलको रिटमाथिको सुनुवाइ
  • १२ असार २०८३, शुक्रबार १६:४७

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । विचौलिया दिपक भट्टसँग व्यवसायमा जोडिएको देखिएपछि प्रहरीले उनलाई सुर्खेतबाट असार ८ पक्राउ गरेर ल्याएको थियो ।

mulpatra

पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

mulpatra mulpatra mulpatra