फ्रान्स क्वार्टरफाइनलमा प्रवेश अब मोरक्कोसँग भिड्ने
फिफा विश्वकप २०२६ को उपाधि दाबेदार फ्रान्सले संघर्षपूर्ण प्रदर्शन गर्दै पराग्वेलाई १–० ले पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियास्थित स्टेडियममा शनिबार राति सम्पन्न अन्तिम १६ को खेलमा प्राप्त यस जितसँगै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

अत्यधिक गर्मीबीच खेलिएको प्रतिस्पर्धामा फ्रान्सले सुरुदेखि नै बलमा नियन्त्रण कायम राखे पनि पराग्वेको सुदृढ र अनुशासित रक्षापंक्ति भेद्न निकै कठिनाइ बेहोरेको थियो। पहिलो हाफभर दुवै टोलीले गोलतर्फ प्रभावकारी प्रहार गर्न सकेनन्।
खेलको निर्णायक क्षण दोस्रो हाफमा आयो। वैकल्पिक खेलाडी डिजायर डुवे मैदान प्रवेश गरेको केही मिनेटमै पेनाल्टी क्षेत्रमा लडाइएपछि रेफ्रीले सुरुमा खेल जारी राखेका थिए। तर, भिडियो सहायक रेफ्री ९ख्ब्च्० को समीक्षा पश्चात् फ्रान्सले पेनाल्टीको अवसर पायो। कप्तान केलियन एमबाप्पेले ७०औँ मिनेटमा पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल फ्रान्सको जितका लागि पर्याप्त बन्यो।
![]() |
![]() |
![]() |
|---|
खेलको अन्तिम समयमा पराग्वेले बराबरी गोलका लागि दबाब बढाए पनि फ्रान्सेली गोलरक्षक माइक मेन्याँको उत्कृष्ट बचाउ तथा रक्षापंक्तिको संयमित प्रदर्शनले फ्रान्सलाई अग्रता जोगाउन सफल बनायो। खेलपछि केही खेलाडीबीच सामान्य धकेलाधकेलसमेत भएको थियो।
यस गोलसँगै एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गर्दै गोल्डेन बुटको दौडलाई थप रोमाञ्चक बनाएका छन्। साथै, विश्वकप इतिहासमा उनको व्यक्तिगत गोल संख्या १९ पुगेको छ, जसले उनलाई प्रतियोगिताका सर्वाधिक सफल गोलकर्तामध्ये एकका रूपमा स्थापित गरेको छ।
अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले यसअघि क्यानडालाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो। फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनल खेल बोस्टनमा जुलाई ९ मा हुनेछ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



