Close

बाहिरियो आयोजकमध्ये क्यानाडा, मोरक्को क्वार्टरफाइनलमा प्रवेश

बाहिरियो आयोजकमध्ये क्यानाडा, मोरक्को क्वार्टरफाइनलमा प्रवेश
  • २१ असार २०८३, आईतवार ०६:०३

सहआयोजक क्यानडाको ऐतिहासिक यात्रा अन्तिम १६ मै टुंगिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

mulpatra

ह्युस्टनस्थित स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट लय समात्दै तीन गोल गर्‍यो।

खेलको ५०औँ मिनेटमा कप्तान अच्राफ हाकिमीको सटीक पासलाई अज्जेदिन ओउनाहीले गोलमा परिणत गर्दै मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए।

mulpatra mulpatra mulpatra

इन्जुरी समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी सुफियान रहिमीले गोल थपेपछि मोरक्कोले ३–० को प्रभावशाली जित दर्ता गर्‍यो।

खेलभर क्यानडाले मोरक्कोभन्दा बढी पटक गोलतर्फ प्रहार गरे पनि कुनै अवसरलाई सदुपयोग गर्न सकेन। मोरक्कोले भने बलमा राम्रो नियन्त्रण कायम राख्दै सिर्जना गरेका अवसरलाई प्रभावकारी रूपमा गोलमा परिणत गर्‍यो।

योसँगै सातौँ पटक विश्वकप खेलेको मोरक्को दोस्रो पटक अन्तिम आठमा पुगेको छ। यसअघि सन् २०२२ को विश्वकपमा मोरक्को सेमिफाइनलसम्म पुगेको थियो। लगातार दुई विश्वकपमा क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान पनि मोरक्कोले कायम गरेको छ।

Image Source: © https://mulpatra.com

उता, पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको क्यानडाको यात्रा भने यहीँ समाप्त भएको छ। प्रतियोगिताको सहआयोजक राष्ट्रमध्ये बाहिरिने पहिलो टोली बनेको क्यानडाले घरेलु समर्थकमाझ सम्झनलायक प्रदर्शन गरे पनि अन्तिम १६ पार गर्न सकेन।

अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अर्को प्रि–क्वार्टरफाइनलमा पराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। एजेन्सी

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com